मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12433+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

जनकपुर । धनुषा प्रहरीले नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोलका २३ वर्षिय विजय मुखिया रहेको छ ।

गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं १ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको–१६ प्रो. आइफोन मोबाइल लुटपाट गरेको धनुषा प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए ।

मुखियालाई प्रहरीले सोमबार साँझ धनुषाको सबैला नगरपालिका वडा नंं ९ ठिल्लाबाट पक्राउ गरेको थियो । उनले लुटपाटमा प्रयोग गरेको विआर३२एवाई३९३८ नम्बरको निलो रङ्गको अपाचे मोटरसाइकल र ब्याग पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९÷१० वटा मुद्दा रहेको जानकारी दिए । धनुषा प्रहरीका अनुसार उक्त घटनामा थप केही व्यक्ति फरार रहेका छन् भने उनीहरुको खोजी जारी रहेको छ । पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार