मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ जेठ २०८१, शनिबार

काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतमा नयाँ भेरियन्टको साथ संक्रममितको संख्या ३२५ पुगेको जनाइएको छ । कोरोनाको नयाँ भेरियन्टमा गरिएको प्रारम्भिक अध्ययनमा यसले शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पारेर संक्रमण बढाउने गरेको पाइएको छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्रारम्भिक अनुसन्धानमा नयाँ भेरियन्टले संक्रमण बढाए पनि त्यति खतरा नरहेको जनाएको छ ।

तर, नयाँ भेरियन्टका केसहरू बढ्दै गएको गतिलाई हेर्दा यसले छिट्टै सबैभन्दा फैलिएको ओमिक्रोन भेरियन्ट ‘जेएन वान’ लाई पछाडि पार्ने सम्भावना पनि रहेको सीडीसीले जनाएको छ । यस्तै, सिंगापुरमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ ।

केपी वान र केपी टू लाई कोरोनाको प्रावधिक नाममा आधारित ‘फिलारेट’ नाम दिइएको येल मेडिसिनका संक्रामक रोग विशेषज्ञ डा. स्कट रोबर्ट्सले बताएका छन् ।

यो ओमिक्रोनको एक सव–भ्यारियन्ट हो, जुन विगत केहि वर्ष देखि विश्वव्यापी रूपमा रिपोर्ट गरिएको मुख्य संस्करण हो । ओमिक्रोन भेरियन्टलाई अत्यधिक संक्रामक मानिन्छ र यसले प्रतिरक्षा प्रणालीलाई सजिलै खत्तम पार्ने देखाइएको छ।

जोन हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थको रिपोर्ट अनुसार फिलारेटको स्पाइक प्रोटिनमा देखिएको उत्परिवर्तनले यसको संक्रामकता बढाउने विश्वास गरिन्छ तर यसले गम्भीर रोग निम्त्याउने सम्भावना भने अघिल्ला भ्यारियन्टको तुलनामा कम छ ।

सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशहरू मध्ये एक हो ।  स्थानीय सञ्चारमाध्यमका अनुसार हालै त्यहाँ संक्रमित भेटिएका अधिकांशमा ‘केपी टू’ भेरियन्ट नै मुख्य कारण रहेको पाइएको छ । धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरु सजिलै निको हुँदै गएको पनि चिकित्सकहरुले बताएका छन् ।

ट्रिनिटी हेल्थका वरिष्ठ उपाध्यक्ष र अनुसन्धानकर्ता डा. ट्यामी लुन्डस्ट्रमले एक रिपोर्टमा भनेका छन्, ‘नयाँ संस्करणका लक्षणहरू पनि कोभिडको अघिल्लो संस्करणहरू जस्तै छन् । धेरैजसो संक्रमितमा ज्वरो वा चिसो लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध नमिल्ने जस्ता समस्या देखिन्छन् । कतिपय संक्रमितमा विना लक्षण नै देखिन्छन् ।’अधिकांश मानिसलाई खोप लगाइएकाले कोरोना संक्रमणका कारण गम्भीर रोगको जोखिम भने कम रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार