मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


‘आमरण अनसनको पहिलो रात बित्यो : राज्यको कुनै निकायको ध्यान पुगेको छैन’

Ujyalosandeshonline 11005+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

जनकपुरधाम । हुलाकी राजमार्गमा पर्ने भत्किएको कमला नदीको पुल पुनर्निर्माणको माग राख्दै १० जना युवाहरु आरमरण अनसनमा बसेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि हिजो आइतबार देखि नै आमरण अनसन सुरु गरिएको छ । अनसनकारीहरुले झमझम वर्षाको बाबजुद निराहार रहेर टेण्ट मुनी एक रातकाटेका छन् । 

आमरण अनसन बस्नेहरुमा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादव, सिरहा नगरपालिकाका दुई जना वडाध्यक्षहरु इन्द्रजित यादव र समसाद आलम, औरही गाउँपालिकाकमा वडाध्यक्ष द्वय सुरेन्द्र यादव र जीवछ यादव , सिरहाका भोगेन्द्र साह शैलेश यादव शिवसंकर यादव, मनिष यादव र रुपेश कुमार यादव रहेका छन् । 

अनसनकारी तथा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादवले भने हामी ‘डु एण्ड डाई’ को अवस्थामा छौं । अब कि त कमलाको पुल निर्माण गर्न सरकारले यथोचित व्यवस्था गर्छ कि हामी अन्न बिना प्राण त्याग गर्छौ । अब उधारो र ढाँटको आश्वासनले हुँदैन । तत्कालै पुल निर्माणका लागि येथेष्ट बजेट विनियोजन र निर्माण कार्यको सुरुवात गरिनु पर्छ ।

अर्का अनसनकारी औरहीका जीवछ यादव भन्छन् कमलाको पुल नहुँदा मधेशको सामाजिक आर्थिक गतिविधि नै ठप्प छ । मधेशको जीवनरेखा भनिएको हुलाकी राजमार्ग प्रयोजनविहीन भएको छ । 

मधेश प्रति राज्यको यो उपेक्षा निकै पीडादायी छ । यो पुल भत्किदा जनजीवन मात्र कष्टकर भएको छैन , मधेशको समृद्ध हुने सपना पनि समाप्त भएको छ । तर राज्यले देखेपनि नदेखे जस्तो गर्दैछ । उनले थपे हामी अब वारपारको शान्तिपूर्ण सत्यहाग्रहमा छौं । 

कमला पुल निर्माणका लागि दबाब सृजना गर्ने अभियन्ता तथा बरिष्ट पत्रकार रामरिझन यादव भन्छन् , कमलाको पुल भत्किएको स्थान सिरहा क्षेत्र नं. ३ मा पर्छ । यहाँका सांसद लीलानाथ श्रेष्ठ हुन ।

उनले ४ दिन अघि मात्र प्रदेशका मन्त्रीहरु समेत लगेर सिरहाकै सर्रे अम्बासमा मदन भण्डारीको ६ तले  स्मारक निर्माण गर्न ११ अर्व बजेट दिने घोषणा गरेका छन् । 

तर आफ्नै निर्वाचन क्षेत्रको पुल पुनर्निर्माणको लागि कुनै चिन्ता छैन । उनकै निर्वाचन क्षेत्रका युवाहरुले आमरण अनसन सुरु गर्दा पनि उनको कानमा वतास लागेको छैन ।

मधेश र मधेशीको भोट लिएर जितेका श्रेष्ठको यो रवैया र नियति कति निष्ठुर छ भन्ने कुरा अब मधेश र मधेशीले बुझ्नैपर्छ । उनले थपे हाम्रा बालबच्चा कमला नदी तर्दा पनि हरेक पटक ज्यानको बाजी लगाउँछन्, अहिले आमरण अनसनमा बस्दा पनि मृत्युसँग विकास सट्न बसेका छन् । 

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा निर्मित पुल ३ वर्ष अघि भत्किएको थियो । निर्माण सम्पन्न भएको केही महिनामै यो पुल भत्किएपछि हुलाकी राजमार्ग नै ठप्प भएको छ । सिरहा र धनुषा जिल्ला बीच आवागमन बन्द भएको छ । स्थानीय जनताहरु जेखिम मोलेर नदी वारपार गर्छन् । 

यो पुल निर्माण गर्नु पर्ने माग राखेर विगत २ वर्षदेखि सिरहा र धनुषा जिल्लामा पटक पटक दबाबमूलक आन्दोलनहरु भएका छन् । दर्जनौ पटक संघीय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । 

तत्कालीन सरकारहरुका मन्त्री तथा नेताहरु नरायणकाजी श्रेष्ठ, रवि लामिछाने  रघुवीर महासेठ र गगन थापाले भत्किएको पुलको अनुगमन निरीक्षण गरी एक वर्ष भित्र नयाँ पुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर आश्वासन अनुसार काम नभएपछि सिरहाका बासिन्दाहरु मृत्युवरण गर्नसम्म तयार भएका छन् । 

सिरहाका पत्रकार बद्रीनारयण यादव भन्छन् यस पटक सिरहाली युवाहरुले वारपारको आन्दोलन सुरु गरेका छन् । १० जना मधेशी युवाहरुको जीवन आहुति दिनुपर्ने अवस्था आयो भने त्यसले सिरहामा थामी नसक्नुको जन सुनामी पैदा गर्नेछ । 

सरकार र सरकार चलाउने पार्टीका नेताहरुको ध्यान जान जरुरी छ । उनले भने कमलाको पुललाई प्राथमिकता नदिई मदन भण्डारीको स्मारक बनाउन ११ अर्व बजेट दिने घोषणा गर्ने सांसद लीलानाथ श्रेष्ठको अभिव्यक्ति मधेश र मधेशीहरुको मनमा यतिबेला काँडा झैं बिझीरहेको छ । यस प्रसंगमा निकै परिचर्चा सुरु भएको छ । 

मधेश प्रदेश सरकारको आँगनमै आमरण अनसन बसेका सत्याग्रहीहरुको माग प्रति मुख्यमन्त्री  सतिश कुमार सिंह भन्छन् मैले संघीय सरकारमा ज्ञापन पत्रको बोधार्थ पठाइ दिएको छु । हामीले पनि दबाब दिंदैछौ । यो संघीय सरकारको काम हो । उसैले पूरा गर्नुपर्छ ।       



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार