मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

मधेश बलियो नभइ कांग्रेस बलियो हुँदैन : अर्थमन्त्री महत

Ujyalosandeshonline 11011+ समाचार ( )
५ पौष २०८०, बिहीबार

जनकपुर । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आधारभूमि मधेश बलियो नभई कांग्रेस बलियो नहुने बताएका छन् । उनले कांग्रेस एक्लैले मधेशमा बहुमत ल्याउने आधार बनाउनुपर्ने धारणा राखेका छन् ।

जनकपुरमा सुरु कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले भने ,‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लैले बहुमत ल्याउने परिस्थिति बनायौं भने देशैभरि कांग्रेसले बहुमत ल्याउँछ ।’ यसका लागि पार्टीमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।

त्यसका लागि पार्टीभित्र एकता आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ, उनले भने । प्रवक्ता महतले धेरै जनप्रतिनिधि मधेशले दिएको उल्लेख गर्दै मधेश कांग्रेसको आधारभूमि भएको बताए ।

प्रवक्ता महतले एकताको विषय उठाइरहँदा सम्मेलनमा नेताहरुबीच पदीय मर्यादाअनुसार आसन ग्रहणमै मतान्तर देखिएको थियो । पूर्वउपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइराला कार्यक्रमको मञ्चमा आसन ग्रहणको विषयलाई लिएर असन्तुष्टि देखियो । निधि मञ्चमा नउक्लिइ दर्शकदीर्घामै बसे भने कोइराला कार्यक्रममा सहभागी हुन आएनन् । उनी सुनसरी दुहबीमा आयोजित पार्टीकै अर्को कार्यक्रममा सहभागी हुन गए ।

अर्थमन्त्री महतले किसान खुसी पार्न आश्वासन बाँडे । अर्थतन्त्रमा निर्णायक सुधार आउने बताएका उनले मधेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने बताए ।

मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था पनि कांग्रेसले नै गर्नेछ । जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार