मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


के छ गाउँको खबर ?

Ujyalosandeshonline 12441+ समाचार ( )
५ फाल्गुन २०८०, शनिबार

पोखरा । गाउँका धेरै छोराछोरी विदेश छन् अनि बुढेसकाल लागेका आमाबुवाले घर कुर्नुपर्ने वर्तमान परिस्थिति छ । त्यतिमात्रै होइन गाउँमा विकास पूर्वाधार पुग्दा त्यसलाई प्रयोग गर्ने जनसंख्या नै निकै कम छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औं संस्करणमा ‘के छ गाउँको खबर’ सत्रमा शुक्रबार प्रतिनिधिसभा सदस्य सन्तोष परियार, सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र अनुसन्धानकर्ता डा. सबिन निङेलेखुले गाउँको विषयमा मन्थन गरे । 

प्रतिनिधिसभा सदस्य सन्तोष परियारले रेमिट्यान्सको लोभमा गाउँले विदेशीएका छोराछोरीलाई केही हुन्छ कि भनेर चिन्ता लिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । रेमिट्यान्सले धानेको अर्थतन्त्र जोखिमपूर्ण रहेको उनले टिप्पणी गरे । ‘एकातिर हामी रेमिट्यान्स गाउँमा आयो भनेको छौं । तर, रेमिट्यान्सले मान्छेका सम्बन्धका, भावनाका घरहरु भत्किएका छन् । त्यतातिर हामीलाई चासो छैन,’ उनले भने, ‘गाउँमा बसेका आमाबुवाले जापान र मलेसियामा भूकम्प र सुनामी नआओस् भनेर कामना गर्नुपरेको छ ।’

सहरमा कोठा नपाउनेदेखि गाउँको विभेद र चेतना अन्तर्राष्ट्रियकरण भएको परियारको टिप्पणी छ । ‘चेतनाको कुरा विश्वविद्यालयको कागजी ज्ञानभन्दा महत्वपूर्ण हुन्छ । एकातिर हामी हाम्रो विभेद कम भएको भनिरहेका छौं तर हाम्रो विभेद अन्तर्राष्ट्रियकरण भइरहेको छ । अमेरिका गएर बस्ने मान्छे पनि विभेद नै बोकेर गएको छ,’ उनले भने । 

गाउँको आर्थिक अवस्था, आवश्यकता नै नहेरी विकास निर्माणको काम भएको सन्तोषको भनाइ छ । गाउँमा सुविधा पुग्ने तर उपभोग गर्ने जनसंख्या नै नहुनु दुःखद भएको उनले बताए । ‘हामीले गाउँमा बाटो नहुँदा गाउँलेले स्ट्रेचरमा बोकेर लैजान्थे । बाटो बनायौं । एम्बुलेन्स आयो । तर एम्बुलेन्सलाई दिने पैसा नै छैन । पछि बोकेर लैजाने मान्छे पनि भएन,’ उनले थपे, ‘हाम्रो विकास यस्तो भयो । हामीले जे विकास भनेर गरिरहेका छौं त्यो कति आवश्यक छ ?’ 

अनुसन्धानकर्ता डा. सबिन निङ्लेखुले गाउँ आत्मीयता, सामुदायिकता मात्र नभएर संकीर्णताको ओडार बनेको टिप्पणी गरे । ‘गाउँमा मृत्यु पनि सम्मानजनक हुन्छ । काठमाडौंमा भए २÷४ जना जम्मा भएर पशुपतिमा जलाएर पठाइन्थ्यो होला । गाउँमा आत्मीयता छ, सामुदायिकता पनि छ तर संकीर्णता पनि छ । संकीर्णता पुनःउत्पादन भइरहने ओडार पनि हुन्,’ उनले भने । 

हरेक सहरमा पनि गाउँ बसिरहेको निङ्लेखु बताउँछन् । काठमाडौं जस्ता सहरमा रहेका सुकुम्बासी वस्ती गाउँजस्तै जीवन बाँचिरहेको उनले बताए । ‘काठमाडौं सुकुम्बासी बस्ती ६०÷६५ वटा छन् । सबै बस्तीलाई एक किसिमले गाउँ भने हुन्छ । किनतिर नजाऔं,’ उनले थपे, ‘त्यहाँ दलित, जनजाति, खसआर्य पनि छ । त्यहाँ दैनिक जीवनलाई चाहिने आधारभूत आवश्यकता कस्तो छ हामीले देखेकै छौं ।’ 

सरकारबीच समन्वय नहुँदा संघीयतालाई गाउँका जनताले अनुभूति गर्न नसकेको उनले बताए । ‘गाउँमा विकासको काम हुँदा त्यहाँको वडाध्यक्षलाई थाहा हुँदैन । संघीयतालाई गाउँको टोल विकास संस्थाले अनुभूति गर्नुपर्ने हो त्यसरी गर्न सकेको छैन,’ उनले भने, ‘गाउँमा खनिएको बाटोबारे टोललाई थाहा नुहुनुले जवाफ दिन्छ ।’ 

सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले गाउँमा कोही र केही छैन भन्ने भाष्य निर्माण भएको गुनासो गरिन् । मतदानमा सहभागी हुनेको संख्या बढी भएकाले सहर बस्नेलाई पनि गाउँबारे चासो रहेको उनले बताइन् । ‘गाउँमा कोही छैन भन्ने भाष्य निर्माण भएको छ । ७० प्रतिशत धेरैले मतदान गरेका छन् । गाउँ भनेको सहरको अक्सिजन हो । गाउँकै मान्छे बौद्धिक वर्ग बनेर सहर पुग्नुहुन्छ,’ उनले भनिन्, ‘गाउँमा यहाँले भनेजस्तो बस्नै नसक्ने स्थिति छैन । गाउँमा सुविधा पुगेको छ । नागरिकलाई मौलिक अधिकार कार्यान्वयन गर्न सबै स्थानीय सरकार सक्रिय छन् ।’

वैदेशिक रोजगारीबाट फर्किएकालाई गाउँमै अड्काउन भने आवश्यक रहेको अध्यक्ष सुनुवारले बताइन् । सडक सहर जानेको संख्या घटाउनमात्र नभई स्वास्थ्यका हिसाबले पनि जोडिएको सुनुवारले बताइन् । त्यसैले पर्याप्त स्रोत नहुँदा–नहुँदै पनि विकासका काम गरिरहेको उनको भनाइ छ । ‘सडक सुत्केरी, गर्भवतीका लागि पनि हो । मातृशिशु मृत्युदर कम गर्ने भनेका छौं । त्यसैका लागि हो,’ उनले भनिन्, ‘बर्खामा मात्र जाने भएपनि बाटो कोर्नुपर्ने बाध्यता छ । किनभने हामीसँग पर्याप्त स्रोतसाधन छैन । बाह्रै महिना गाडी चल्ने बाटो बनाउन खोजेका छौं । भाँडोमा स्रोत कति छ त्यहीअनुसार अघि बढ्छौं ।’ गाउँमा जनताको कुरा सुन्ने मान्छे बनेर जनप्रतिनिधि आएको र सरकार भएको आभाष दिएको उनले बताइन् । 

कुटुम्बको प्रस्तुति

यसैबीच फेस्टिभलमा विभिन्न विषयमा विचार मन्थन मात्र भएन । शुक्रबार साँझ नेपाली लोक वाद्य ब्यान्ड ‘कुटुम्ब’ले सांगीतिक प्रस्तुति राख्यो । यो ब्यान्डले बाँसुरी, सारङ्गी, मादलजस्ता वाद्य यन्त्रमार्फत संगीत पारखीलाई साँझ एक घण्टा मनोरञ्जन दिलाएको हो । यसअघि बिहीबार फेस्टिभलको उद्घाटनपछि कुटुम्ब ब्यान्डकै संगीतमा लेखक कुमार नगरकोटीले कविता सुनाएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार