मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो’

Ujyalosandeshonline 12431+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा असर पुर्याएको बताएका छन् । शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को मूल समारोहमा बोल्दै उनले आन्दोलनले आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको माथि असर परेको बताएका हुन् । उनले तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी समेत गराए । 

उनले भने, ‘पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेको आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिलाएको छ ।’ उनल थप भने, ‘पछिल्लो घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितीपछि प्रदेश सरकारका मातहतका मन्त्रालय निकाय र कार्यालयहरु मार्फत तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम थालिसकेको छ । पुर्न निर्माणका लागि संघ सरकारले नीति अनुसार समन्वय गर्दै हामी अगाडी बढ्नेछौं ।’ 

हजारौं रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका करदाता व्यवसायीहरु माथिको आक्रमणको छानविन गरी दोषिलाई कानुनी दायराभित्र ल्याउनु जरुरी रहेको पनि उनले बताए । सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समयको गतिशिलतालाई बुझी संविधान संशोधन गर्नुपर्ने बताए । 

‘यो संविधान गतिशील बनाउन सकेनौं । संविधान त बनायौ तर संविधानले माग गरे अनुसार समय त बडो गतिशिल हुने रहेछ । अझ युवा नेतृत्वको स्पष्ट बुझ्दा रहेछन्, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पनि परेको गतिशिलताको विज्ञानलाई बुझेर हामीले संविधानलाई बुझेर संशोधन गर्ने बिषयमा ध्यान पुगेन नि भन्ने अनुभुति छ,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार