मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कम्युटर अपरेटर तालीम सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
१ जेठ २०८२, बुधवार

भैरहवा । “सीप सिकौ, आत्मनिर्भर बनौ” भन्ने मूल नारा सहित बुधबार देखि भैरहवामा १८० घण्टे कम्प्युटर तालिम सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीकी आयोजनामा प्राविधिक तालिम अन्तरगत रुपन्देही क्षेत्र नम्बर ३ (१) का युवा युवतीहरुका लागि तालिम सुरु भएको हो । 

तालिमको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले अहिले सीप युक्त जनशक्तिको अभाव रहेको कारण चाहिएको समयमा कर्मचारी नै नपाएको अवस्थामा यो प्राविधिक तालिमले सहयोग पुगाउने बताए । अहिलेको समयमा कम्युटर तालिम सबै क्षेत्रमा अगाडि बढ्नको लागि अपरिहार्य रहेको वक्ताहरुले बताए । 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम लुम्बिनी प्रदेशमा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेले प्राविधिक तालिमका माध्यमले सिपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने बताए । विद्यालयमा अब सामान्य शिक्षाको साथै प्राविधिक शिक्षा आवश्यक रहेको बताए । उनले भौतिक रुपमा मात्र नभइ मानसिक रुपमा पनि विधार्थीहरु स्वास्थ हुन आवश्यक रहेको बताए । 

फरक प्रसङ्गमा बोल्दै उनले भारतको तुलनामा नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको भए पनि यसको प्रचार गर्न नसकिएको बताए । धार्मिक पर्यटनको माध्यमबाट नेपाललाइ सम्पन्न गर्न ती क्षेत्रको प्रचार प्रसारको साथै बजारीकरण गर्नुपर्ने जोड दिए । 

सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टको अध्यक्षता, क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन सत्रमा शैक्षिक तालिम केन्द्रका प्रमुख दिवाकर भण्डारी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  पुरन प्रसाद श्रेष्ठ, ७ का दामोदर शर्मा, वडा नम्बर १३ का सोम बहादुर गुरुङ, मायादेवी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डे लगायतले बोल्दै प्राविधिक शिक्षा अन्तरगत कम्प्युटर तालिमको महत्वबारे प्रकाश पारेका थिए । मायादेवी गाउपालिका वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष चोक बहादुर थापाको स्वागत र अंकित पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

तालिममा क्षेत्र नम्बर ३(१) अन्तरगतका ३६ जना युवा युवतीहरुको सहभागीता रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार