मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

Ujyalosandeshonline 12448+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

भैरहवा । रुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई १ हजार रुपैया दरका २१ थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ भैरहवा क्षेत्रबाट तथा चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय मुक्ति प्रसाद खनाल (सुजन खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दिपेन्द्र थापा रहेका छन्। चन्दका अनुसार पक्राउ परेकामाथि मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत थप अनुसन्धान कार्य जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार