मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिवलाई बर्खास्त गर्न स्थानीयको माग, आन्दोलनको चेतावनी

Ujyalosandeshonline 12437+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

लुम्बिनी । लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गरिएको विषयमा लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि जनाउँदै उनको तत्काल बर्खास्तीको माग गरेका छन् । स्थानीयस्तरमा सक्रिय 'लुम्बिनी बचाउ महाअभियान'ले सरकारको यो निर्णयप्रति आपत्ति जनाएको छ ।

महाअभियानका सहसंयोजक राम विकास चौधरीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लुम्बिनीको भाषा, भूगोल र संस्कृति नबुझेका बाहिरी व्यक्तिलाई नियुक्त गरिनुले 'भ्रष्टाचारको गन्ध' आएको आरोप लगाएका छन् । महाअभियानले श्रेष्ठको नियुक्ति तत्काल खारेज गरी उक्त पदमा लुम्बिनीकै स्थानीय व्यक्तिलाई नियुक्त गर्न सरकारसँग माग गरेको छ। भ्रष्टाचार विरुद्धको आन्दोलनको जगमा बनेको सरकारबाट यस्तो कार्यको अपेक्षा नगरिएको भन्दै उनीहरूले माग सम्बोधन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार