प्रतिनिधि सभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिद्वारा गठित बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिले बुधबार रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहको अवस्थाबारे जानकारी लिँदै । उपसमिति संयोजक नीनुकुमारी कर्ण, सदस्य खिमा वि.क., भूमिका श्रेष्ठ, साजिदा खातुन सिद्धिकीलगायतको टोली बाल सुधार गृहको स्थलगत निरीक्षण तथा अवलोकन गरेको हो ।