मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

एसइइ परीक्षाः ४ सय २४ थान मोवाईल बरामद

Ujyalosandeshonline 11009+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोवाईल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत बिहिवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका  लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा

मोबाईल लुकाइ छिपाई परीक्षा हल भित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला परेको हो । परीक्षामा अमर्यादित क्रियाकलाप र  परीक्षार्थीहरुलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र श्री लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक गरि दुई जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए ।

उनका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरु बाट केही रकम लिइ परीक्षा केन्द्रमा मोवाईल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो ।मौलापुर परीक्षा केन्द्रमा बाहिर बाट चिट पुर्याउने कार्यमा सग्लन एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसन्धान भै  रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले  जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार