मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

वर्तमान सरकार कमिसनका भरमा सञ्चालित छ : महासचिव गुरुङ्ग

Ujyalosandeshonline 12431+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले वर्तमान सरकार कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित पार्टीको लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिको छैठौं भेलामा बोल्दै उनले निवर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र  सुशासनको अभियान सुरु गरेपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुगेको कारण सत्ता परिवर्तनको निष्कर्षमा पुगेको बताए । 

उनले भने,‘अहिले कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सरकार सञ्चालन गर्न लागेका छन् । अहिले विदेशी अनुहारका मान्छेहरु आएर शासन गर्ने त होइनन् भन्ने चिन्ता छ । अहिले गर्ने भनेको त कमिसन छुट्याउने मात्र हो ।’

‘माओवादी नेतृत्वको सरकारले भष्टाचारी र कमिसनतन्त्रको विरुद्धमा काम थाल्यो । सुशासन कायम राख्न र भ्रष्टाचारलाई नियन्त्रण अभियान सुरु गर्न थाल्यो त्यसपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुग्ने भएपछि कांग्रेस–एमालेका नेताहरु अत्तालिने थालेका हुन् अनि सरकार परिवर्तन नगरिकन हुँदैन् भन्ने निष्कर्षमा पुगे,’महासचिव गुरुङले भने । 

महासचिव गुरुङ्ले माओवादीलाई समाप्त पार्न ओलीलाई अगाडि सारिएको आरोप पनि लगाए । पहिलेपनि माओवादीलाई समाप्त गर्न देउवालाई उभ्याएर सकिँदैन् भनेर उपेन्द्र यादव, माधव नेपालको पार्टी तोडफोड गरेर एमालेलाई ठूलो पार्टी बनाउन खोजेको गुरुङले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै