मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रदेश संरचना कुनैपनि हालतमा हट्दैन, थप उत्तरदायी बनाउँछौं : देउवा

Ujyalosandeshonline 12437+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इतिहासले गरेका गल्तीहरु अझैपनि समाधान गर्न नसकिएको बताएका छन् । मंगलबार पार्टी कार्यलयमा आयोजित नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझैपनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरु कानूनी रुपमा समाधान भएतापनि अझैपनि व्यहारमा भने लागू हुन नसकेको बताए । 

उनले भने,‘एउटा कुरा स्पष्ट छ । नेपाल विभिन्न जातजातिले बनेको देश हो यो । तर अझैपनि विभाजन छ । इतिहासले गरेका गल्तीहरु अझैपनि समाधान गर्न सकिएको छैन् । त्यसैले छुवाछुतलगायतका जस्ता कतिपय कुराहरु अझैपनि कानूनी रुपमा समाधान भएतापनि व्यहारमा भने लागू भएको छैन् ।’ 

उनले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनैपनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिवद्धता जनाए । प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ । 

उनले भने,‘हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो । विद्यार्थी कालदेखि नै जेलनेल सबैकुराहरु भोगेको पार्टी हो । प्रजातन्त्रको खिलाफको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन् । यसलाई अझ कसरी मझबुद बनाउन अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आवश्यक छ ।’

सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनैपनि हालतमा नहट्ने स्पष्ट पारे । उनले सँधै प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन् तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राखे । 

उनेल भने,‘प्रदेश संरचना बनिसकेको छ । त्यसैले प्रदेश हट्ने कुरा चाँही छैन् । यसलाइ हटाउन सकिने स्थिति पनि छैन् । प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो । सँधै कति समानुपातिकबाट ल्याउने ?त्यो समस्या चाँही छ ।समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ । जबसम्म नेपालमा आफै चुनाव जितेर आउँने बाताबरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार