मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भ्रष्टाचारको मुद्दामा एमाले नेतृत्व सुरक्षित रहेको दाबी

Ujyalosandeshonline 12437+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने नेकपा एमालेको नेतृत्व सुरक्षित रहने बताएका छन् । 

नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा एमाले निर्दोष रहेको भन्दै निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नुपर्ने बताए । 

उनले भने, ‘हामीले पहिला पनि भन्दै आएका छौं । हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने एमालेको नेतृत्व त्यसबाट सुरक्षित हुनेछ । जसले आरोप लगाइ रहेका छन् उनीहरु नै डामिने छन् । यसमा हामीले निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नु पर्छ ।’

यसको साथै, उनले मुलुक बनाउनको लागि नेतृत्वलाई स्थापित गर्नुपर्ने भन्दै हाम्रो समाज बनेको नेतृत्वलाई बद्नाम गर्ने कृतिम आरोप लगाउने खालको भएको बताए । 

उनले भने, ‘नेपालका प्रमुख राजनीतिक दलहरु जसले राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरेर आए उनीहरुको समय सकियो भन्ने भाष्य खडा गर्ने प्रयास भइरहेको छ । पूरानालाई हटाएर नयाँलाई अवसर दिनुपर्छ भन्दा राम्रो लागेपनि यस्तो दुष्टिकोणको आधारमा कुनै देश बनेको देखिदैँन् । मुलुक बनाउने हो भने नेतृत्वलाई स्थापित गर्नुपर्छ । तर बनेको नेतृत्वलाई बद्नाम गर्ने कृतिम आरोप लगाउने परम्परा छ ।’ 

नेपालको राजनीतिमा आइरहेका बद्लाव र चुनौतिको बारेमा जुन हिसाबले युवाहरुका बीचमा बहस हुनुपर्ने हो त्यो नभएको भन्दै त्यसको सट्टामा सामाजिक सञ्जालमा आउने दुषित विचारहरुबाट युवा पुस्ता भ्रमित भइरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार