हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानि रहेका छैनन् । सरकार पनि यस बारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन् । तर कम विकसित मुलुकहरु माढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खा याममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौं । जन्डिसको समस्या विशेषगरी बर्खायाम बढी देखिन्छ ।
खानाको माध्यमबाट, फोहोर पानीबाट शरीरमा हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’ भाइरस प्रवेश गरिसकेपछि जन्डिसको लक्षणहरु देखिन्छ । यस्तो लक्षण हरेकवर्ष देखिने गर्छ । कुनैबेलाअलि धेरै मात्रामा देखिन्छ र कुनैबेलाथोरै देखिने गर्दछ । यस्तो समस्याखानापानका कारण नै हो देखिने । राम्रोसँगनउमालेको पानी, राम्रोसँग नपकाएको वा कुकरमा नपकाएको खानाखाँदाभाइरसहरु देखिनसक्छ । हाम्रो जस्तो मुलुकमा वर्षा याममा यस्तो समस्याहरु बढी मात्रामा देखिनेगर्छ ।
पानीको व्यवस्था कमजोर भएको ठाउँमा रोगको समस्या बढी देखिन्छ । जहाँमानिसहरुको धेरै बसोबास छ त्यहाँ बढी जोखिम हुन्छ । राजधानी काठमाडौंको कुरा गर्ने हो भने पनिपानीको मात्रानिकै कमजोर छ, जताततै पानीर ढलका पाइपहरु छन् ।पाइपहरुलाई व्यवस्थापन गर्ने क्रममाफुटेर फोहोर मिसिएको ढलसँग जोडिन पुग्छन् र सहरी क्षेत्रमा यसैको कारणले भाइरल हेपाटाइटिस बढी देखिने गर्छ । बाटो किनारमा बेच्न राखिएकापानीपुरी, चटपटे, चियापसलतिर प्रयोग गरिएको पानी ठिक छैन भने त्यसबाट हेपाटाइटिस ‘ई’ र ‘ए’ लाग्ने गर्दछ ।
हेपाटाइटिस र लिभरसिरोसिज
वास्तवमाहेपाटाइटिस भनेको कलेजोमा देखिने रोग हो । यो दुई किसिमको हुन्छ । एउटा फोहोर पानीबाट सर्ने किसिमको हुन्छ । जुन‘ई’ र ‘ए’ हो भने अर्को ‘बि’र ‘सी’ भन्ने हुन्छ ।यस्ता रोगहरु तराई, हिमाल, पहाडमा जहाँपनि देखिने गर्छ । कुनै भुगोलमाकममात्रामादेखिएला ।
लिभरसिरोसिजभनेको कलेजोमा पटक पटक ईन्फेक्सन, फाइब्रोसिजहुँदै गइसकेपछि कलेजो कडा हुँदै जान्छ । कलेजोले जुनहिसाबलेकाम गर्नुपर्छवाजुनचिजउत्पादन गर्नुपर्छ त्यसको स्टकचरमै समस्याआइसकेपछि लिभरसिरोसिज हुन्छ ।लिभरसिरोसिज धेरै कारणले हुन्छ । भाइरल हेपाटाइटिसको उपचार समयमै गर्न सकिएनभने लिभरसिरोसिज हुन्छ । हाम्रोजस्तो मुलुकमा रक्सीको कारणले र कसैमा जन्मजातै लिभरसिरोसिज देखिनेगर्छ । तर लिभरसिरोसिजआजको दिनमाहाम्रो जस्तो मुलुकमा ठुलो समस्याबन्दै गइरहेको छ । विशेषगरीवीर अस्पतालमा गयौं भने ४० जना बिरामी वार्डमा भर्ना छन् भने त्यसमाकरिव ८० प्रतिशतव्यक्ति रक्सीको कारणले कलेजो कडा भएर लिभरसिरोसिजभएको पाइएको छ । लिभरसिरोसिजभइसकेपछि सिरोसिसमार्फत समयमै उपचार भएनभने क्यान्सर पनि हुनसक्छ ।
क्यान्सरको जोखिम
हेपाटाइटिस सामान्यभाषामाबुझ्ने हो भने यो ‘ए’ देखि ‘ई’ सम्म हुने भएकाले हरेक स्टेजमा सजक रहनुपर्ने हुन्छ । ‘ए’ र ‘ई’ फोहोर पानीबाट सर्ने गर्दछ भने ‘बी’, ‘सि’र ‘डि’ इन्फेक्सनभइसकेपछि लामो समयसम्म शरीरमा रहिरहन्छ । त्यसकारण हेपाटाइटिस ‘बी’र ‘सि’क्रोनिकभएर समयमै उपचार गरिएनभने लिभरसिरोसिजक्यान्सर हुने गर्दछ ।
हेपाटाइटिसबारे बुझ्दाखेरी लामो समयदेखि राष्ट्र«लाई आर्थिक रुपमा अप्ठ्यारो पार्ने चाहीँक्रोनिक हेपाटाइटिस ‘बी’ र ‘सि’हो । हेपाटाइटिस ‘ए’ र ‘ई’ को चाहीं सजिलै तरिकाबाट उपचार सम्भव हुनेगर्छ । रोकथामपनि सम्भव छ । ‘बि’र ‘सि’चाहीं विभिन्नपोलिसी, लेवलमाउपचार गर्दै अगाडि बढ्नुपर्छ । हाम्रो देशमा हेपाटाइटिस ‘बि’ र ‘सि’को उपचार सम्भव छ । अहिले अन्तर्राष्ट्रिय जगतमाऔषधिउत्पादनभएका छन् । त्यस्तो औषधिहाम्रो देशमापनिउपलव्ध छ ।
पहिलाहेपाटाइटिस ‘सि’को उपचार खर्च धेरै लाग्ने गर्दथ्यो । करिब पाँचदेखि १० लाखलाग्ने गर्दथ्यो । तर हिजोआजकरिब एक लाख रुपैंयाँमा हेपाटाइटिस‘सि’ को उपचार गर्न सकिन्छ । १२हप्ताको औषधिप्रयोग गरिसकेपछि बिरामी राम्रो हुने गर्दछ । तर हेपाटाइटिस ‘बि’ को भाइरस अलि फरक प्रवृत्तिको हुन्छ । यसकालागिऔषधिलामो समयसम्मखानुपर्ने हुन्छ । कसैले दुईवर्ष, कसैले चारवर्ष, कसैले पाँचवर्ष र कसैले जीवनभरी यसको औषधिखानुपर्ने हुन्छ । हाम्रो मुलुकमाहेपाटाइटिस ‘बि’र ‘सि’दुवैको उपचारनीजि र सरकारी दुवै स्वास्थ्य केन्द्रमा गरिन्छ ।
संक्रमण र लक्षण
फोहोर पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ बढीजसोबच्चाहरुमा देखिन्छ । हेपाटाइटिस ‘ई’ वश्यकमा देखिन्छ र हेपाटाइटिस ‘बि’र ‘सि’चाहीँप्रायजसो स्क्रिनिङ गर्यौं भने मात्रपत्ता लाग्नसक्छ र यदीआमामासमस्या छ भने बच्चामापनी सर्ने गर्दछ ।
हेपाटाइटिस ‘बि’र ‘सि’ सर्ने माध्यमभनेको शारीरिक सम्र्पकबाट, तरल पदार्थबाट र रगतजन्यपदार्थबाट सर्ने गर्दछ । अपरेशनगर्दा, दुर्घटना पर्दा या हाइरिक्स बानीले गर्दा यो चाहीँबयस्कमा बढी देखिने गर्दछ । हेपाटाइटिस भनेको भाइरल रोग हो । भाइरसले गर्दा हुने समस्याहो । जसरी अरु भाइरसहरु सर्ने गर्दछन् त्यसरी नै सर्दछ । यसको लक्षण देखिदाखान मननलाग्ने, जिउँदुख्ने,ज्वरो आएजस्तो हुने गर्दछ । आँखापहिलो हुने, जिउँपहेंलो हुने, वाकवाकीलाग्ने र लिभर टेस्ट गर्दा रिपोर्ट बिग्रेको देखाउँछ । अनित्यसको लेवलहरु पत्तालाग्दै जान्छ ।
लिभरसिरोसिज भएपछि भने धेरै कुरामाख्याल गर्नुपर्छ । रक्सीखाने बानी छ भने बन्द गर्नुपर्छ । अन्यरिक्स फ्याक्टरबाट टाढा रहनुपर्छ ।सामान्यअवस्थामा रह्यौं भने लिभर ट्रान्सफर गर्नु पर्दैन । तर पटक पटकअस्पतालभर्ना हुनुपर्ने अवस्थाछ,पेटमा पानीभरिएर इन्फेक्सनभयो वारगतकानसाहरु फुलेर रक्तस्राव भयो भने त्यो बेलाकलेजो प्रत्यारोपण गर्नुपर्दछ ।
कोभिड हुँदात्यसको इन्फेक्सनलिभरमा हुने गर्छ । कोभिडले असर नगर्ने कुनै अंग नै छैन । मुटुमा, फोक्सोमा, ब्रेनमा, लिभरमा सबैतिर असर गर्ने भएकाले खासगरी लिभर इन्जाइम बढेर आउने विरामी धेरै हुन्थे । कलेजो प्रत्यारोपण अर्थात लिभर ट्रान्सप्लान्ट चाहीँकुन कारणले लिभरसिरोसिजभएको हो त्यस आधारमा गर्ने हो । समयमै पत्तालाग्यो भने लिभर ट्रान्सप्लान्ट गर्नु पर्दैन् । लिभर ट्रान्सप्लान्ट गरिसकेपछि डराइरहनु पर्दैन । स्वस्थ्यभएर बाँच्न सकिन्छ ।
हेपाटाइटिस लाग्नै नदिनदूषितपानीतथाखानेकुरा खानै हुँदैन् । खानाखानु अगाडि साबुनपानीले राम्ररी हातधुने गर्नुपर्छ ।सफा बस्ने, मौसम अनुसारका फलफूलहरूसफा गरेर खाने गर्नुपर्दछ । वर्षायाममापानीकामुहानहरु फोहोर हुने सम्भावनाभएकाले त्यसमाचनाखो बन्नुपर्छ ।
पानी राम्ररी उमालेर मात्र सेवन गर्ने, गर्भवतीमहिलाले चिकित्सकसँगको सल्लाहअनुसार हेपाटाइटिसविरुद्धको खोप लगाउने र बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने गर्न सकियो भने यो रोगबाट बच्न सकिन्छ । लागूऔषध र मादकपदार्थ सेवनबाट टाढा रहनुपर्छ ।
सरकारी चासो न्यून
अहिलेसम्मकलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन् । भाइरल हेपाटाइटिस ‘ए’,‘ई’ र भाइरल हेपाटाइटिस ‘बि’र ‘सि’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन् । सरकारको तर्फबाट लिभर हेल्थको लागिजतिकाम कारवाहीहुनुपर्ने हो त्यो भएको छैन् ।
यस विषयमा सरकारले बढी गम्भीर भएर लाग्नुपर्छ । जसको डाइनोसिस भयोत्यसको औषधि गर्नको लागिपहुँचआवश्यक पर्छ । त्यसकालागि स्वास्थ्यविमाकार्यक्रम संचालन गरिदियो भने सहज हुन्छ । अन्य सेवा सुविधाविस्तार गरेर हेपाटाइटिसका सबैखाले जोखिमन्यूनीकरणका लागि सरकारले काम गर्नुपर्छ ।