मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका बढाएका छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11005+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउने गरी प्रदेश सरकारले भूमिका बढाएको बताएका छन् । गर्गगोत्री आचार्य समाज कपिलवस्तुले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

आफू नेतृत्व सरकारले राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका बढाएको उनले बताए । ‘राम्रो गर्न कोशिस गरिरहेको छु । किन कि यो बीचको अवधिमा हाम्रा हरेक संयन्त्रहरु फितला बनेका छन् । संयन्त्रहरु बिग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सही मार्गमा ल्याउनको निम्ति धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ’उनले भने,‘कतिपय अवस्थामा विगतका निर्णयहरु उल्ट्याउदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।’ 

त्यस्तै मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको समेत बताए । प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरु सुन्ने र त्यस अनुसार सुधारका काम गर्दै आएको स्पष्ट पारे । ‘कमजोरी हुन दिने छैन् । तर, जानेर या नजानेर मेरा कहीकतै कमीकमजोरी देख्नुभयो भने पर्खिएर होइन, तत्काल सच्याउनको निम्ति यहाँहरुको अवश्य पनि साथ सहयोग पाउनेछु भन्ने विश्वास लिएको छु’उनले भने,‘समयमै सचेत बनाउने, टिकाटिप्पणीको बारेमा सुसुचित गराउने गराउने जिम्मेवारी तपाईहरुको हुन जान्छ।’  कार्यक्रममा समाजका जिल्ला अध्यक्ष चन्द्रकान्त आचार्यले मुख्यन्त्री चेतनारायण आचार्यलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार