मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


उद्योगी–व्यवसायी र सुरक्षा निकायबीच सहकार्य बढाउनुपर्नेमा जोड

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

भैरहवा । उद्योगी–व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले धेरै समस्या समाधान गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले समन्वय र सहकार्यमार्फत विभिन्न समस्याहरुको समाधान गर्न सकिने बताए । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) सिद्धार्थनगर–९, रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले रुपन्देही सम्भावना र चुनौती दुवै भएको जिल्ला भएको बताए । उनले भने, ‘शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुहुने सुरक्षा निकायलाई धन्यवाद । यहाँहरुको कार्यकाल सफल रहोस् । ’ अध्यक्ष श्रेष्ठले संगठनले उद्योगी-व्यवसायीको हकहितसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले मुख्य नाकामा कडाइ भए पनि भारतबाट अन्य नाकाहरु हुँदै भन्सार छलेर सामान नेपाल सहजै भित्रिरहेकोप्रति ध्यान दिनुपर्ने बताए । उनले केही व्यक्तिले थोरै सामान ल्याए पनि भन्सार गर्नुपर्ने र केहीले घरमै बसेर सामान पाउने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले भने, ‘विशेष गरी रातको समयमा भारतबाट भन्सार छलेर नेपालमा सामान आउने गरेको छ । यसतर्फ विशेष ध्यान दिएर आवश्यक कदम चाल्नुपर्छ ।’ उनले पर्यटकलाई चेकिङको नाममा दुःख दिन नहुने बताए । सहज रुपमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने वातावरण बनाउनुपर्ने उनले बताए ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले नाकामा कडाइ गर्नुपर्छ भन्ने तर आफै भन्सार छलेर ल्याइएको सामान किनेर विक्री गर्ने केही व्यवसायीको पक्षमा संस्था नरहेको स्पष्ट पारे । उनले यस्ता कार्यमा संलग्नलाई निगरानी गर्नुपर्ने माग गरे । उनले सुरक्षा निकायलाई सूचना दिएर सहयोग गर्ने बताए । 

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले शान्ति सुरक्षाका लागि एक पक्षले मात्र नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

संगठनकी सल्लाहकार ज्ञानु पौड्यालले शान्ति सुरक्षाको प्रत्याभूति भए उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्र फस्टाउन सक्ने बताइन् । उनले समन्वय र सहकार्यले धेरै समस्याको समाधान गर्न सकिने बताइन् । उनले भनिन्, ‘रुपन्देही संवेदनशील जिल्ला पनि हो । यहाँ विभिन्न चुनौती पनि छन् । ’

सल्लाहकार डा. ऋषिराम शर्माले जनताको वास्तविक समस्या बुझेर अगाडि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरे ।

संगठनका सल्लाहकार भोपेन्द्र प्रसाद यादवले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकोले भारतमा विवाह गरेपछि सम्बन्धित परिवारलाई दिइने सामानहरु नेपालमा ल्याउन पाउने कि नपाउने भन्दै प्रश्न गरे । उनले १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार गर्नुपर्ने प्रावधानले त्यस्तो परिवार मर्कामा पर्ने बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले रुपन्देहीमा मिश्रित समुदायको बसोबास हुने भएकाले सभ्य र खुल्ला सीमा नाका भएकाले चुनौती पनि रहेको बताए ।

संगठनकी सचिवालय सदस्य तथा आस्था महिला उद्यमी संघ सिद्धार्थनगर अध्यक्ष विन्दु न्यौपानेले नवआगन्तुक सुरक्षा निकायका प्रमुखहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेलले सुरक्षा निकायले विगतझैं नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले विशेष गरी रातीको समयमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), शिक्षण अस्पताल नजिकै ठूला आवाज निकाल्ने मोटरसाइकल कुदाउने र आएर होहल्ला गर्ने काम भइरहेकोले त्यसतर्फ निगरानी बढाउन आग्रह गरे ।

संगठनका कार्यसमिति सदस्य सुमन न्यौपानेले बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत धेरै वर्षदेखि बेलहियामा सडक निर्माण हुने नसकेकोले यसतर्फ सुरक्षा निकायले पनि पहल गरिदिन आग्रह गरे ।

संगठनका सल्लाहकार अर्जुन कुमार गिरीले सीमा क्षेत्रमा प्रहरीले अझ गम्भिरताका साथ ‘डयुटी’ गर्नुपर्ने बताए । उनले विभिन्न संकटको समयमा बेलहियाबासीले योगदान गरेको चर्चा गरे ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उपअनुसन्धान निर्देशक हरिश विष्टले सूचना दिएर सहयोग गर्न आग्रह गरे । उनले खुल्ला सीमा भएका जिल्लाको समस्या मिल्दाजुल्दो रहेको र समस्या समाधानका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापाले अवैध रुपमा सामान निकासी हुन नदिन संवेदनशील रहेको बताए । उनले भने, ‘जिल्लामा शान्ति सुरक्षा कायम गर्न कटिबद्ध छौं ।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी (एसपी) रंजित सिंह राठौरले सीमा क्षेत्रमा चेकिङलाई व्यवस्थित बनाउने बताए । उनले अवैध चोरी तस्करी नियन्त्रणका लागि सामूहिक रुपमा काम गर्दै आएको बताए । एसपी राठौरले विकास निर्माणका कार्य सम्पन्न नहुँदा सुरक्षा चुनौती बढ्ने भएकाले त्यसतर्फ पनि आवाज उठाउने बताए । उनले कुनै प्रहरी कर्मचारीबाट दुःख पाएको भए जानकारी गराउन आग्रह गरे । उनले होटलमा बसेर अपराधका योजना बन्ने गरेकाले होटलमा रेकर्ड सिस्टमलाई व्यवस्थित गर्न व्यवसायीलाई आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार