मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

धनुषामा ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप लगाउने तयारी

Ujyalosandeshonline 11474+ समाचार ( )
१९ माघ २०८१, शनिबार

जनकपुर । धनुषाका ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) दिइने भएको छ । जिल्लाका ५ सय ४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई सो खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एचपीभी खोप सम्बन्धी संचारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख यादवले जिल्लामा माघ २३ गतेदेखि पहिलो चरणको खोप अभियान संचालन गरिने जानकारी दिए ।

पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका, मुखियापपट्टी मुसहरनियाँ गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन रामविनेही यादवले बताए ।

दोश्रो चरणमा धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिकामा एचपीभी खोप लगाउने तयारी रहेको छ । फागुन १ देखि ६ गतेसम्म जिल्लामा दोश्रो चरणको खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । नेपाल सरकारले आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ । संस्थागत र सामुदायिक गरी ३ सय ७० विद्यालयमा कक्षा ६ देखि १० सम्मका किशोरीलाई उक्त खोप लगाउने तयारी रहेको छ ।

विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ । तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ । सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार