मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बागमतीका कृषि मन्त्रीको प्रगति विवरण सार्वजनिक

Ujyalosandeshonline 11005+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

मकवानपुर । बागमतीका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले आफुले मन्त्रालयको कार्यभार सम्हालेपश्चात भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै १४ महिने कार्यकालको प्रगति र आगामी आर्थिक वर्षका लागि समेटिएको योजनाहरु सार्वजनिक गरेका हुन् ।

यस अवधिमा १ हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क  रुपमा खोप लगाइएको बताईको छ ।

कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाईएको छ ।

भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि ११ लाख ४२ हजार ३ सय २७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको जनाईएको छ ।

मत्स्यपालन क्षेत्र विस्तार तथा उत्पाकत्व वृद्धि गर्न १७.२९ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरि मत्स्य पालन गरिएको , पशु तथा क्लिनिक सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि निमार्ण कार्य अन्तिम चरणमा रहेको, बागमती प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निमार्ण कार्य ८६ प्रतिशत सम्पन्न भएको लगाएतका उपलब्धिहरु भएको बताईएको छ ।

त्यस्तै, मन्त्रालयले आर्थिक वर्ष ०८१÷८२ का लागि विभिन्न कार्यक्रमहरु समेटेकोको छ । जसमा स्थानीय तहहरुलाई कृषिमा शसर्त बजेट ७६ करोड ६७ लाख बजेट विनियोजन गरिएको छ ।

कृषि ज्ञानरत्न प्रोत्साहन कार्यक्रमको लागि २ करोड, साना सिँचाइ आयोजनाको निर्माण र नियमित मर्मत सम्भार कार्यक्रमलाई निरन्तरता दिँदै ४ करोड ८९ लाख, हेटौंडाको तरकारी बजार निर्माणका लागि ४ करोड रकम विनियोजित गरिएको मन्त्री श्रेष्ठले बताए ।

त्यस्तै, गरिब र विपन्नका मागमा आधारित जिविकोपार्जन कार्यक्रम, चेपाङ्हरुलाई मौरीपालन सहयोग कार्यक्रम, विउबिजन आत्मनिर्भर कार्यक्रमलाई निरन्तरता लगाएतका कामहरुलाई निरन्तरता दिईएको बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार