मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

तीनै तहका सरकारले दिगो र हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिन जरूरी : प्रधानमन्त्री

Ujyalosandeshonline 11474+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएकोमा जोड दिएका छन् । 

बुधबार विश्व वातावरण दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति कार्यक्रममा सरकारले भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए । उनले 

विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि नेपालको  योगदान नगन्य भए पनि उल्लेख्य असर भने भोगिरहेको भन्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् । 

संघ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थालगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सम्भव भएको बताएका उनले तीनै तहका सरकारले यसका लागि नीतिगत रुपमै काम गर्न जरुरी भएको बताए । 

‘दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ’ दाहालले भनेका छन् । 

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखको दिन मनाइने विश्व वातावरण दिवस, २०२४ को  नारा “हाम्रो भूमि, हाम्रो भविष्य“ भन्ने रहेको छ । 

मरुभूमिकरण र खडेरीबाट भूमिको पुर्नस्थापना गरी पारिस्थितिक प्रणाली पुर्नस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास दाहालले लिएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार