भैरहवा । देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि हुने सम्पूर्ण उडान तथा अवतरण स्थगित गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, परिस्थितिको मूल्यांकनपश्चात यस्तो निर्णय गरिएको हो। अर्को सूचना जारी नभएसम्मका लागि यो स्थगन जारी रहनेछ। यसबाट यात्रुहरूमा पर्न जाने असुविधाप्रति विमानस्थल प्रशासनले क्षमा याचना गरेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान तथा अवतरण स्थगित
२४ भाद्र २०८२, मङ्गलबार