मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

Ujyalosandeshonline 11005+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

पाल्पा । सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु  (अन्तिम छेड्ने काम) आज  शुक्रबार हुने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग  ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो ।

ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए । सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए । 

उनका अनुसार सिदार्थराजमार्ग अन्तर्गत  पर्ने सिद्धबाबा क्षेत्रमा ११०० मिटर लामो सुरुङ मार्ग ब्रेक थ्रु हुने भएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भै रहेको उनले जानकारी दिए । सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । 

चिनियाँ ठेकदार कम्पनीले गरिरहेको उक्त काम सम्पन्न नजिक पुगेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।

सुरुङ् मार्गले गुल्मी,पाल्पा, स्याङ्जा,कास्की, पर्वत लगायतका जिल्लामा सवारीसाधन आवतजावतलाई सहज हुने र सम्भावित दुर्घटनाहरुबाट बच्न  सहज  हुने विश्वास लिएको छ ।प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार