मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

वर्तमान व्यवस्था प्राप्तीमा सयौं अग्रजहरुको बलिदान छ : मन्त्री शर्मा

Ujyalosandeshonline 12437+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले वर्तमान व्यवस्था प्राप्तीका पछाडी सयौं अग्रजहरुको बलिदानी रहेको बताएकी छिन् । 

शुक्रबार सन् २०२४का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालको राजनीतिक आन्दोलन र शान्ती प्रक्रियामा उल्लेखनीय भूमिका खेलेका अग्रजहरुलाई सम्मान गर्नुपर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘नेपालका हुलाक टिकटहरुमा  नेपालको राजनीतिक आन्दोलन, शान्ती प्रक्रियामा उल्लेखनीय भूमिका खेल्नुभएका पद्मरत्न तुलाधरदेखि कोइलीदेवीलगायतका अग्रज कलाकारहरु प्रकाशन गरेका थियौं । टाँचा लगाएका थियौं । आज हामी जुन ठाँउमा छौं, जुन व्यवस्थामा छौं, जुन परिवर्तनमा छौं । यो यत्तिकै प्राप्त भएको होइन । यसका पछाडी सयौं मानिसहरुको जीवनको बलिदानी भएको छ । यसलाई हामीले बिर्सिनु हुदैँन ।’

सूचना तथा सञ्चार मन्त्रालयले गर्ने कामहरु आम चासोका विषय नभएपनि यसले सूचना र प्रविधिको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । 

विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम हुलाक सेवाको पुनःसंरचना गर्न आवश्यक रहेको समेत उनको भनाइ छ । उनका अनुसार हुलाक सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छ ।

सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार