पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते

Ujyalosandeshonline 12435+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौ । पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटना स्थलमै मृत्यु भएको छ भने अन्यदुई जना घाइते भएका छन् । जिल्लाको कुश्मानगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया बृद्धा दुर्गा देवी पौडेलको जलेर घटना स्थलमै मृत्यु भएको हो ।

सोही आगलागीमा परेर पीपलटारी स्थित तल्लो रोहोटेका घरधनी ५२ वर्षीय ध्रुब रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिए । ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी ७३ वर्षीया बृद्धा दुर्गा देवी पौडेलको जलेर घटना स्थलमै मृत्यु बताइएको छ ।

उक्त आगलागी मा परेर गम्भीर घाइते भएका घरधनी ५२ वर्षीय रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ । आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार