मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवादमा डा. लेखजंग थापा

Ujyalosandeshonline 11009+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

भैरहवा । लेखजंग थापा नेतृत्वको घरदैलो अभियानले बुटवलका विभिन्न बस्तीहरूमा चुनावी माहोल तातेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाले आइतबार बुटवल उपमहानगरपालिका–१४ को कैलाश नगर टोलबाट अभियान सुरु गरी वडा नं. १४, १५ र १६ का विभिन्न टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभयो।

“आशा, भरोसा र विश्वास परिवर्तनको” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रमका क्रममा थापाले मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै फागुन २१ गते हुने मतदानमा ‘घण्टी’ चुनाव चिन्हमा मत दिन आग्रह गर्नुभयो। घरदैलोका क्रममा उहाँले पार्टीको बाचापत्रलाई व्यवहारिक परिवर्तनको मार्गचित्रका रूपमा प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखिने बताउनुभयो।

थापाले जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता तथा सरकारी विद्यालयको गुणस्तर सुधारमार्फत विपन्न वर्गका बालबालिकालाई सहज पहुँच दिलाउने प्रतिबद्धता जनाउनुभयो। साथै, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र अनलाइन प्रणालीमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि वैज्ञानिक नीति, शीत भण्डार निर्माण र ‘एक वडा एक उत्पादन’ अवधारणालाई अघि बढाइने उहाँको भनाइ थियो। कार्यक्रम अन्तर्गत वडा नं. १४ का १५, वडा नं. १५ का १३ टोल तथा वडा नं. १६ का विभिन्न क्षेत्र समेटिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार