मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

बाटो राम्रो भएर मात्र दुर्घटना न्यूनीकरण हुन सक्दैन : प्रहरी निरीक्षक के.सी.

Ujyalosandeshonline 11009+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख प्रहरी निरीक्षक रञ्जु के.सी.ले सवारी लेन अनुशासनको ज्ञानको कमीको कारणले पनि सवारी दुर्घटना भइरहेको बताएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भइ रुपन्देही ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकी के.सी.ले बाटो राम्रो भएर मात्र दुर्घटना न्यूनीकरण हुन नसक्ने बताइन् । 

पत्रकारहरुसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा उनले रुपन्देहीमा सडक राम्रो, ‘क्लीयर लेन’ र विभिन्न स्थानमा ट्राफिक लाईट रहेको बताइन् । उनले भनिन्, ‘सवारी दुर्घटनाबारे समीक्षा गर्छौं । दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्छौं । कसको भूमिका के हो भन्ने कुरामा सचेत गराउनुपर्छ । लेन अनुशासन पालना गराउन सवारीचालकलाई सचेत गराउँछौं ।’

प्रहरी निरीक्षक के.सी.ले सुरक्षित वातावरण/मार्गमा सहज आवागमन गराउनु सबैको चाहना भएको बताइन् । नागरिकलाई सचेत गराउने नै ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी र कर्तव्य भएको उनले बताइन् । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही सबैको सहकार्य र समन्वयमा अघि बढ्ने बताइन् । 

उनले भनिन्, ‘ट्राफिक प्रहरी कार्यालयले एक्लै चाहेर मात्रै लक्ष्य प्राप्ती हुँदैन । हाम्रो योजना त हुन्छ नै । कार्यालयको लक्ष्य प्राप्तीमा यहाँहरुको साथ, सहयोग र समन्वय रहन्छ भन्ने हाम्रो अपेक्षा छ । उनले नागरिकसँगै सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुले भूमिका निर्वाह गर्न आवश्यक रहेकोमा जोड दिइन् ।’

कार्यक्रममा पत्रकारहरुले पार्किङ्गको समस्या, छाडा चौपाय, ओभरलोड, क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधन लगायतका विषयमा ध्यान दिन सुझाव दिएका थिए । लेन अनुशासनको पालना, आकाशे पुल र जेब्रा क्रसिङ्गको प्रयोगबारे सचेतना कार्यक्रम आवश्यक रहेकोमा उनीहरुले जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै