मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

रारामा चलचित्र पर्यटन जलवायु समिट : सचेतना र प्रचार प्रसारमा सहयोग

दान बहादुर बुढा 45+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

मुगु । दिन प्रतिदिन पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण जलवायु परिवर्तनले देखा परेका समस्याहरुलाई मध्यनजर राख्दै रारामा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना गरिएको छ । जलवायु परिवर्तनका कारण प्राणी जगतको अस्तित्व सङ्कटमा पर्न सक्ने कुरालाई सचेत गराउन चलचित्रमार्फत काम गर्न सकिने भएकाले सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको हो । 

जलवायु परिवर्तनका कारण हिउँ पग्लने, बाढीपहिरो जाने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिहरू हुने र पृथ्वीको तापक्रम वृद्धिका कारण खानेपानीका मुहानहरू सुक्ने भएकाले बसाइसराइलगायतका विविध समस्याहरुका बारेमा महोत्सवमा चर्चा गरिएको छ । चलचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार र जलवायु परिवर्तनको रोकथामको लागि सन्देश प्रवाह गर्ने उद्देश्यले महत्सव आयोजना गरिएकाले यसले ठूलो प्रभाव पार्ने सोेरु गाँउपालिकाका अध्यक्ष केशर बहादुर शाहीले बताए ।

कर्णाली प्रदेशका बिभिन्न स्थान चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तब्य भएकाले त्यसको प्रचार प्रचार गर्न महोत्सव सान्दर्भिक भएको जिल्ला समन्वय समितिका प्रमुख मन्जन कार्कीको भनाइ छ । रारालाई चलचित्रका माध्यमबाट संसारभरि चिनाउन र जलवायु परिवतनबारे सन्देश दिने हिसाबले महोत्सव आयोजना गरिएको चलचित्र बिकास बोर्डका सल्लाहकार .महेन्द्र कुमार मल्लले जानकारी दिए ।

रारा क्षेत्रमा रहेका बन, बनस्पति, जैविकता, वातावरणलाई जोगाइराख्न र चलचित्रका माध्यमबाट प्रचार प्रचार जलवायु परिवर्तनबारे जानकारी गराउने हिसावले रारामा चलचित्र पर्यटन जलवायु समिट संचालन गरिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत गोपाल भण्डारीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार