मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कांग्रेस–एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ, सरकार स्थिर रहन्छ : कोइराला

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यतिबेला शिक्षाको अवस्था निकै नाजुक रहेको बताएका छन् । मंगलबार खगेन्द्र न्यु लाइफ एजुकेशन सेकेन्ड्रि स्कुल जोरपाटीले आयोजना गरेको अपाङ्गता विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । 

उनले भने, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं,यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसईइमा राम्रो नतिजा लिएर  पास हुनु भएको छ ।’ 

साथैउनलेअहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदैछ भन्ने जनमानसको चासो रहेको बताए । 

यसैबीच नेता कोइरालाले दुईटा ठुला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’

साथै उनले अहिले मिडियामा कुन रूपको सरकार बन्ने हो भनि टिकाटिप्पणी चलेका बेलासरकार ७६ (२) कै सरकार बन्नेमा विश्वस्त रहन आग्रह गरे । 

उनले भने, ‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनें । तर मैंले  पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो । अब अर्थतन्त्रलाई  अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेका हौं ।’

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कांग्रेस नेता लोकेश ढकाल, भुपेन्द्र थापा, गोकर्णेश्वर नगरपालिका वार्ड नं–५ का वडाध्यक्ष नारायण सुवेदी, वार्ड नं–६ का वडाध्यक्ष नबराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याललगायत उपस्थित थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार