मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |
मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आन्दोलनको घोषणा

Ujyalosandeshonline 11002+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेका छन् ।

आन्दोलनमा विमानस्थल अगाडी धर्ना देखि राजनैतिक दलका नेताहरुलाई बहिष्कार सम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरुले विमानस्थल सञ्चालनको लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । 

सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाईमा हुने आन्दोलनमा जिल्लाका सबै संघ संस्था रहने गरि संयुक्ता आन्दोलन संघर्ष समिति समेत गठन गरिएको छ । 

पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । त्यस्तै सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधि लगायत हजारौंको संख्यामा उपस्थिति भइ विमानस्थल अगाडि अल्टिमेटम दिदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायूसेवा निगमका प्रमुखहरुसँग अल्टिमेटम दिदै  विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए । त्यसै गरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए ।

मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन अन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । “सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरुलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउँछौं,” उनले भने “आन्तरिक विमानस्थलबाट आगमन प्रस्थान बन्द गर्नका लागि सम्बन्धीत पक्षलाई टिकट नकाट्नका लागि आह्वान र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवाजावत समेत बन्द गराउँछौं ।”

शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रुप लिएमा त्यसको जिम्मा नेपाल सरकारको हुने अध्यक्ष ज्ञवालीले बताए । “यति गर्दा पनि हाम्रो माग (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाट अन्तर्राष्ट्रिय उडान नभएमा) पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौं,” उनले भने । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि आफूहरुले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको व्यवसायीहरुको जिकिर छ ।

विगतमा गरिएको गल्ती यस पटक नदोहोराउने र विमानस्थल नियमित सञ्चालन नभए सम्म आन्दोलनको कार्यक्रम नरोकिने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । उनले भैरहवा विमानस्थललाई काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको “डाईभर्सन” को रुपमा मात्र प्रयोग गरिएको भन्दै गुनासो गरे ।

“लुम्बिनी प्रदेशका निजी क्षेत्रका नेताहरुसँग छलफल गरेर उहाँहरुको अगुवाइमा आन्दोलन गर्छौं, अनि आन्दोलनले पनि सार्थकता पाउँछ ।” आचार्यले भने “नेतृत्व जसले गरे पनि फरक पर्दैन ।”

विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । “संघीय सरकारले त विमानस्थल सञ्चालनका लागि सहयोग गरेन गरेन ।” आचार्यले भने “स्थानीय सरकारले पनि यसमा सहयोग गरेको अवस्था छैन ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीहरुले गर्मीयामका लागि “समर शेड्युल” लिएका छैनन् । यसले अब यहाबाट सातामा एक दिन नेपाल एयरलाईन्सको विमान बाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु हुने छैनन् । 

भैरहवाबाट उडान हुदै आएका जजिरा एयरलाईन्स, फ्लाई दुबई, थाई एयर एशियाले समर शेड्युल लिएका छैनन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार