मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

निर्माण व्यवसायीले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी पाउने

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी गरेका छन् ।

आइतबार पत्रकारहरूसँग छलफल गर्दै मन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताए ।

‘अर्थ मन्त्रालयमा प्रस्ताव गएको छ । त्यहाँबाट स्वीकृति भएपछि भुक्तानी हुनेछ । हामीलाई पनि निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा अप्ठ्यारो हुने अवस्था थियो । अब त्यो अवस्था हट्छ,’उनले भने ।

निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारले काम गरेको भुक्तानी नदिएको भन्दै गुनासो गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई पटक पटक ध्यानकर्षण गराउँदै आएका छन् ।

सरकारले असार मसान्तसम्म काम सम्पन्न भइसकेको र बिल उठिसकेको ६ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार