भन्सार छलेर ल्याइएका २ लाखभन्दा बढीका अवैध मदिरा बरामद

Ujyalosandeshonline 11469+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीमा भन्सार छलेर ल्याइएको अवैध मदिरा प्रहरीले बरामद गरेको छ । प्रहरी बिट नयाँ बसपार्क बुटवल रुपन्देहीबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट अवैध मदिरा बरामद गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी ल्याइएको २० वटा कार्टुनमा रहेको २४० पिस मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए । बेवारिसे अवस्थामा फेला परेको अन्दाजी २ लाख ४० हजार रुपैयाँ बराबरको भारतीय मदिरा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको प्रहरी निरीक्षक सेनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार