मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’

Ujyalosandeshonline 11009+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीकेपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिरयही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा नपर्न आग्रह गरे । 

उनले भने, ‘बाहिर हल्ला सुनिएको थियो मंसिरसम्म मात्र यो समीकरण टिक्छ भनेको सुन्छु । तर ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ । मेरो अवधि भनेको वा म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले प्रधानमन्त्री छोडेर शेर बहादुर देउवालाई जिम्मा लगाउँछु । अब मंैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ । जनतालाई म भन्न चाहन्छु यस्ता कुनै भ्रममा नपर्नुहोस् । 

प्रधानमन्त्री ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए । 

उनले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेससँग सहयात्रा गरिएको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार