मुख्य समाचार
तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान |

रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

Ujyalosandeshonline 11478+ समाचार ( )
६ वैशाख २०८३, आइतबार

रौतहट । रौतहटमा स्रोत नखुलेको ५ लाख २२ हजार ४९० रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । राजदेवी नगरपालिका–८ स्थित सोफियामाई मन्दिर क्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल, बीओपी बेलबिछवाको सीमा गस्ती टोलीले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ०६ एक ६२९२ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सितामढीका ४५ वर्षीय नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारी रहेका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी प्रेम सागर बिष्टका अनुसार चेकजाँचका क्रममा नटको साथबाट ३ लाख २२ हजार र अन्सारीको साथबाट २ लाख ४ हजार ४९० रुपैयाँ फेला परेको थियो । बरामद गरिएको उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद नगद र मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डीएसपी बिष्टले जानकारी दिएका छन् । सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार