मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

अर्घाखाँचीमा माओवादी केन्द्रद्वारा संविधान दिवस मनाइयो, नेता विकद्वारा संविधान रक्षा र संशोधनको आह्वान

अनिल नेपाली 141+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

अर्घाखाँची । नेकपा माओवादी केन्द्र अर्घाखाँचीले ११ औं संविधान दिवस २०८२ को अवसरमा शहिद स्मृति प्रतिष्ठान भवनमा दीप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार विक 'किशोर' ले संविधानको रक्षा र कार्यान्वयनका लागि सक्रिय हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

नेता विकले भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको र अर्घाखाँची जिल्लामा पनि अपूरणीय क्षति भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । फरक परिवेश र परिस्थितिमा संविधान दिवस मनाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै उहाँले संविधान ल्याउन बलिदानी दिने बेपत्ता योद्धा, घाइते योद्धाप्रति सम्मान व्यक्त गर्नुभयो ।

संविधानले सबैलाई अधिकार दिएकोले अब व्यवस्था परिवर्तनका लागि नभई अवस्था परिवर्तनका लागि लड्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का 'उज्ज्वल', केन्द्रीय सदस्य छमकुमारी खनाल 'चिनारी', जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता थियो ।

प्रदेश सचिवालय सदस्य तथा सन्धिखर्क इन्चार्ज देव ब रायमाझीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जेनजीको आन्दोलनमा आगजनी भएको पार्टी कार्यालय नेता कार्यकर्ताको श्रमदानबाट पुनर्निर्माण गर्ने उद्घोष गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार