मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मृत माछामासु सेवन नगर्न अपिल

Ujyalosandeshonline 12441+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नदीले बगाएर ल्याएका माछा र मासुजन्य पदार्थ सेवन नगर्न नगरवासीलाई अपिल गरेको छ । गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक झलकराज पौडेलले बाढीका कारण मृत भेटिएका माछा तथा पशुपन्छीको उपभोग नगर्न सार्वजनिक अपील गरिएको बताउनुभयो । “बाढीका कारण नदी तथा खोलाहरूमा माछा, पशुपन्छी तथा अन्य जनावरहरू बगाएर ल्याई नदी किनार तथा विभिन्न स्थानमा मृत अवस्थामा थुप्रिएका छन्”, उहाँले भन्नुभयो, “बाढीका कारण मृत पशुपन्छी तथा माछा र बाढीबाट दूषित पानी वा वातावरणको सम्पर्क तथा त्यस्ता वस्तुको उपभोगबाट विभिन्न रोग तथा सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।” 

बाढीले बगाएर ल्याएका वा मृत अवस्थामा भेटिएका माछा, पशुपन्छी तथा अन्य जनावरको मासु कुनै पनि अवस्थामा उपभोग नगर्न जनस्वास्थ्य निरीक्षक पौडेलले अपील गर्नुभयो । “मृत अवस्थामा भेटिएका माछा तथा पशुपन्छीलाई किनबेच, वितरण वा उपभोगका लागि प्रयोग नगर्नुहोला” उहाँले भन्नुभयो, “मृत पशुपन्छी तथा माछालाई नाङ्गो हातले नछुनुहोस्, बालबालिका तथा घरपालुवा जनावरलाई त्यस्ता स्थानबाट टाढा राख्नुहोस् ।” 

बाढीबाट दूषित भएको वा दूषित हुन सक्ने पानी नपिउन आग्रह गर्दै जनस्वास्थ्य निरीक्षक पौडेलले सम्भव भए पानीलाई उमालेर वा सम्बन्धित निकायले सिफारिस गरेको विधिबाट शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । बाढीपछि हुने विपद्बाट जोगिन बाढीको पानी, फोहर तथा मृत पशुपन्छीको सम्पर्कमा आएपछि साबुनपानीले हात राम्ररी धुन आग्रह गर्दै उहाँले विशेषगरी खाना खानुअघि तथा खाना तयार गर्नुअघि हात सफा गर्नुपर्ने बताउनुभयो । नदी किनार वा अन्य स्थानमा मृत पशुपन्छी तथा माछा भेटिएमा आफूखुसी व्यवस्थापन नगरी सम्बन्धित वडा कार्यालय वा गैँडाकोट नगरपालिकामा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । 

“बाढीपछि ज्वरो, झाडापखाला, बान्ता, पेट दुख्ने, छालामा सङ्क्रमण, आँखा रातो हुने, शरीर दुख्ने वा अन्य असामान्य स्वास्थ्य समस्या देखिन सक्छ”, जनस्वास्थ्य निरीक्षक पौडेलले भन्नुभयो, “त्यस्तो समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गराउनुहोस् ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार