मुख्य समाचार
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु |

चापाकोट वडास्तरीय ड्युज क्रिकेटको उपाधि वडा नम्बर १० लाई

Ujyalosandeshonline 12448+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

चापाकोट । चापाकोट नगर क्रिकेट संघद्वारा आयोजित प्रथम वडास्तरीय ड्युज क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ। असोज ३ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा वडा नम्बर १० ले फाइनलमा वडा नम्बर ६ लाई पराजित गर्दै नगद शिल्ड र प्रमाणपत्र हात पारेको हो ।

चापाकोटस्थित गंगालाल माविको खेलमैदानमा सम्पन्न भएको यस प्रतियोगितामा चापाकोटका वडा नं ५, ६, ७, ८, ९ र १० गरी कुल ६ वटा टिमको सहभागिता रहेको थियो। सेमिफाइनलमा वडा नम्बर १० ले वडा नम्बर ७ लाई हराएको थियो भने वडा नम्बर ६ ले वडा नम्बर ५ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। चापाकोट १० का समीर पंगेनी अनुशासित खेलाडी घोषित भए भने चापाकोट ७ का आभाष ढकाल इमर्जिङ खेलाडीको उपाधि जित्न सफल भए। त्यसैगरी, बेस्ट ब्याट्सम्यानको उपाधि चापाकोट ६ का अनिस ताम्राकारले प्राप्त गरे भने चापाकोट ९ का नारायण भण्डारी बेस्ट बलर बने । प्रतियोगिताको प्लेयर अफ द सिरिजको उपाधि चापाकोट १० का विशाल कोइरालाले हात पारे।

चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले यस प्रतियोगिताको आयोजनाले चापाकोटभित्र नयाँ खेलाडीहरू उत्पादन गर्न मद्दत पुगेको जानकारी दिनुभयो। यस प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

प्रतिक्रिया

Surya Prasad bk १३ अशोज २०८२, सोमबार

Team

Surya Prasad bk १३ अशोज २०८२, सोमबार

Team

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार