चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो

Ujyalosandeshonline 12428+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

भैरहवा । रुपन्देही प्रहरीले इन्जिन र चेसिस नम्बर छेडछाड गरिएका दुई सवारीसाधन नियन्त्रणमा लिएको छ । विभिन्न स्थानमा चेकजाँचका क्रममा सवारीसाधनको चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो। नियन्त्रणमा लिइएका लु १ ख ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार