मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

भारतलाई हराउँदै नेपाल च्याम्पियन

Ujyalosandeshonline 11477+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं । भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हराएको हो ।

कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता नेपालले १२ सय  र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे ।

फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए । डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र  शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन् । विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङ लगायतले पुरस्कृत गरेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार