मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पुस्तकका रुपमा आयो ‘सपना र यथार्थमा अमेरिका’

Ujyalosandeshonline 11005+ समाचार ( )
२३ असार २०८१, शनिबार

काठमाडौं । सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बीच विमोचन गरिएको छ । काठमाडौंको वत्तिसपुतलीमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरुको हातबाट पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे ।

उनले अमेरिका लगायत विश्वका जहाँ रहेपनि नेपालीहरुलाई आफ्नो मातृभूमीको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए ।

उनले भने, ‘जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगेपनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन भन्ने लाग्दछ । शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगेपनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो । रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउँन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस, बैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायीक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरु समृद्ध हुन्छन् ।’

कार्यक्रममा पुस्तक बिमोचन कार्यक्रमको आयोजक संस्था युएस नेपाल चेम्बर अफ कमर्स अमेरिकाका उपाध्यक्ष,बरिष्ठ पत्रकार एवम एनआरएनए अभियन्ता बेद प्रसाद खरेलले पुस्तकले वास्तविक अमेरिकाको बारेमा जानकारी गराएको बताए ।

कार्यक्रममा एनआरएनए अभियन्ता बुद्धि सुवेदीले पुस्तकको सफलताको शुभकामना ब्यक्त गरे । पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा पाँच लाख नेपाली रहेको र ति नेपालीहरुको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए ।

उनले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरु लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए ।

२८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरुको अवस्था, अमेरिकी जिवन प्रारम्भका लागि सुझावहरु, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरु, सडक सुरक्षा र नियम, नेपालसँग सन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरु समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँचसय रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार