राम नारायण मल्लिक स्मृति सेवा समितिद्वारा रक्तदान

Ujyalosandeshonline 11468+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

भैरहवा । तत्कालीन भैरहवा नगर पन्चायतका पहिलो उप प्रधान पन्च स्वर्गीय राम नारायण मल्लिकको स्मृतिमा भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्व. श्री राम नारायण मल्लिक स्मृती सेवा समितिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

भैरहवा नगर पन्चायत( हाल सिद्धार्थनगर नगरपालिका) का प्रथम उप प्रधानपन्च( २०२६ - २०२९) को स्मृतिको गठन भएको समितिले २०२६ देखि हालसम्मका सबै  उपप्रधानपन्च/नगर उपप्रमुखहरुको उपस्थिमा  रक्तदान कार्यक्रम सम्पन्न गरेको समितिका अध्यक्ष उदय कुमार मल्लिकले बताए । समितिका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता,  नगर उप प्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बिरेन्द्र कुमार श्रीवास्तव, निवर्तमान नगर उपप्रमुख उमा काफ्ले, पूर्व उप प्रधानपन्च नारायण सिंह थापा, लोक बहादुर राना( बुंद राना), मिलन बस्नेत, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका निवर्तमान सभापती दिपक क्षेत्री न्यौपाने, चित्रगुप्त युवा सेवा समिति रुपन्देहीका अध्यक्ष रत्नेश कुमार मल्लिक, रक्त सन्चार केन्द्र एकाई सिद्धार्थनगरका इन्चार्ज पदम बस्याल, समितिका संरक्षक उदित नारायण मल्लिक,  कार्यक्रम संयोजक शैलेन्द्र कुमार मल्लिक लगायतले बोलेका थिए ।

समितिका सचिव धिरज कुमार मल्लिकको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको समितिका सह सचिव विवेकान्द मल्लिकले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार