मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

एक सय जनामा क्षयरोग सङ्क्रमण

रासस 695+ समाचार ( )
३१ अशोज २०८२, शुक्रबार

ओखलढुङ्गा । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१र८२ देखि चालु आव २०८२र८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । 

कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ६५ पुरुष र ३०  महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार र मोलुङ गाउँपालिकामा दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

चालु आव २०८२र८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा क्षयरोग सङ्क्रमण देखिएको छ ।  नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् । स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ ।

पछिल्लो समय कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । जिल्लाभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार