मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान

Ujyalosandeshonline 12431+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले रामेछापको आयोजना र  नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । मन्थलीको देवकोटा चोकमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दिएका थिए । 

रगतको अभाव हुन नदिन र रगत अभावको कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर स्मृति दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो ।  पिता भक्तलाल श्रेष्ठ रामेछाप मालपोत कार्यालयको हाकिम भएर आएको बेला माता तुलसीकुमारीको कोखबाट माइलो छोराको रुपमा उनको जन्म भएको थियो । 

विसं १९९७ सालमा दाजु गङ्गालाल श्रेष्ठलाई गोली ठोकेर मार्नु एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’भनेका थिए । दाजुको यही बचनबाट प्रभावित भएर पुष्पलाल राजनीतिमा लागेका थिए ।  

२००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद  गरे । निरंकुश पञ्चायत शासन विरुद्ध लड्दा लड्दै २०३५ साल साउन ७ गते पुष्पलालको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा निधन भयो । उहाँको स्मृतिमा नेपालका कम्युनष्टिहरुले साउन ७ गते स्मृति दिवस मनाउने गर्दछन् । 

नेकपा एमाले रामेछापको पुष्पलालको स्मृति दिवसको अवसरमा तीन दिनसम्म कार्यक्रम गर्ने भएको छ । उनको स्मृतिमा हिजो भँगेरीमा रहेको पुष्पलाल स्मृति पार्कको सरसफाइ गरिएको थियो । आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने भोलि भंगेरीमा प्रवचन कार्यक्रम आयोजना गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार