मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बैशाख ४ देखि राष्ट्रपति रनिङ सिल्ड, खर्च एक करोड ५० हजार

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ औं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख ४ गतेदेखि सञ्चालन हुने भएको छ । 

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै बैशाख ४ देखि ६ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रिपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइयो ।

संघीय प्रणाली अनुरुप विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगितामा सातवटै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

स्थानीय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु यस प्रतियोगितामा सहभागि हुनेछन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

त्यसैगरी, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुने राखेपले जनाएको छ । 

एथलेटिक्सको छात्र छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷ छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि गरी जम्मा ६६ स्वर्णका प्रतिस्पर्धा हुने बताइएको छ । 

प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ सिल्ड प्रदान गरिने छ । 

लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जितेको थियो । उपाधी जित्ने टोलीलाई दिइने रनिङ शिल्डका बारेमा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । 

समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने बताउँदै आयोजकले जूनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको बताएको छ । प्रतियोगिता सञ्चालनका लागि सरकारबाट एक करोड ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार