मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

होलीको अवसरमा युवाले आयोजना गरे खुल्ला दौड

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा होलीको अवसरमा खुल्ला दौड प्रतियोगिता आयोजना भएको छ । राष्ट्रिय युवा संघ नेपाल खाँडादेवी गाउँपालिका कमिटीको आयोजनामा प्रतियोगिता भएको हो । 

संघका केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीको प्रमुख आतिथ्य तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग  सचिव माधव ढुङ्गेलको विशेष आतिथ्यतामा भएको सो दौडमा ४२ जनाले भाग लिएका थिए । प्रतियोगितामा दीप भण्डारी प्रथम, आर्यन माझी दोस्रो र राजाराम भण्डारी तेस्रो भएका छन् । 

कार्यक्रममा खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश बज्र लामा, जल्ला कमिटी सदस्य तेज घिसिङ, सुकराम घिसिङ, नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष मोतीलाल तामाङ, संघका जिल्ला कमिटी अध्यक्ष सुरेन्द्रबहादुर कार्की, उपाध्यक्ष शिवसागर मगर, सचिव रामहरि कार्की, कोषाध्यक्ष दीपक भण्डारी, नेकपा एमाले पालिका कमिटी सदस्य सपूत मोक्तान, धनराज तामाङ, संघका जिल्ला कमिटी सदस्यहरू रमेश बुढाथोकी,ज्ञान बहादुर खडका, औसत तामाङ, मन्थली नगर कमिटी अध्यक्ष रोशन श्रेष्ठ लगायतको उपस्थिति रहेको छ थियो ।  

यसै बिच अनेरास्ववियु रामेछापका विद्यार्थीहरूले होली पर्वलाई स्ववियु चुनाव विशेष पर्वको रूपमा मनाएका छन् । अनेरास्ववियु रामेछापको आयोजनामा मन्थलीमा होलीको विशेष कार्यक्रम भएको छ ।

होली विशेष कार्यक्रममा पार्टीका नेताहरूका साथै अनेरास्ववियुका नेताहरू तथा चैत ५ गते मन्थली सहित स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेको विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार