मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्ड र देउवा सहमत

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ पौष २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला भोलि(सोमबार) राष्ट्रिय सभा सदस्य पदको मनोनय दर्ता गर्न बिराटनगर जाँदैछन् ।  

‘तपाईंलाई राष्ट्रपति बनाउन सकिएन, त्यहाँ रामचन्द्र पौडेललाई नल्याई भएन,’ प्रधानमन्त्री दाहाल र सभापति देउवाले सिटौलासँग भनेको भनाई उदृत गर्दै कांग्रेस उच्च सूत्रले भन्यो,‘अब तपाईं राष्ट्रिय सभाको अध्यक्ष हुनुहोस्, त्यो पनि संवैधानिक पद नै हो ।’

राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवासँग सशंकित सिटौलाले पटक पटक उनीहरुसँग वाचा दोहोर्याउन लगाएर मात्र सदस्य पदमा मनोनय गर्न बिराटनगर जान लागेको सूत्रले बतायो । 

कोशी प्रदेशको सरकार गठन गर्दा सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग मागेका थिए । त्यसबेला लिङ्देन झापा क्षेत्र नम्बर ३ मा सिटौला चुनाव लड्दा आफूलाई असजिलो भएको कुरा सुनाउँदा देउवाले भनेका थिए, ‘अब सिटौला झापाबाट चुनाव लड्दैनन्, उनी राष्ट्रिय सभामा जान्छन्, ढुक्कसँग सहयोग गरे हुन्छ’ भनेर आश्वासन दिएका थिए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई यसपटक राष्ट्रिय सभाको नेतृत्वमा पुर्याउन आफू वचनवद्ध रहेको निकटस्थहरुसँग बताएका छन् ।

यता सभापति देउवाले आफू निकट नेताहरु पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरिसकेका छन । 

नेपाली कांग्रेसमा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, गोविन्द पोखरेल र सुजाता कोइरालासहित पाँचसय जति नेताले राष्ट्रिय सभा सदस्य बन्ने आकांक्षा सभापति देउवासँग राखिसकेका छन् । 

देउवा निवासमा नेता शेखर कोइराला, पूर्णबहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक आकांक्षीहरु मध्येबाट नाम छनौट गर्न सक्रिय भएको थाहा भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार