मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सरकारको लक्ष्य अनुसार पर्यटक आएनन्

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं ।  नेपाल सरकारले सन् २०२४ मा लक्ष्य अनुसार पर्यटक नेपाल भित्र्याउन नसकेको तथ्यांकले देखाएको छ । हालै मात्र अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार११ लाख ४७ हजार मात्र पर्यटक नेपाल आएका छन् ।

सरकारले पछिल्लो समय १३ लाख १५ हजार विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । तर त्यो लक्ष्य अनुसार सरकारले११ लाख ४७ हजार मात्र पर्यटक भित्र्याएको छ । जसमा१ लाख ९६ हजार ८ सय जना पर्यटक अपुग हुँदा सरकारको लक्ष्य पूरा नभएको हो । 

आर्थिक वर्ष २०८१÷८२ मा कम्तीमा पनि १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो । तर, सन् २०२४ मा आएका विदेशी पर्यटकको संख्या हेर्दाखेरि सो लक्ष्य पूरा हुन नसक्ने देखिएको छ । 

सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटक नेपालको भ्रमण गर्न आएका थिए ।सन् २०२४ को अन्तिम महिना अर्थात् डिसेम्बरको ३१ तरिखसम्ममा ९५ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् भने सन् २०२४ को नोभेम्बर महिनामा १ लाख १४ हजार ५ सय १ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जनवरी महिनामा ७९ हजार १ सय, फेब्रुअरीमा ९४ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना, अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३, नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ जना र डिसेम्बरमा लगभग ९५ हजार पर्यटक नेपाल आएका थिए । यसरी तथ्यांक हेर्दाखेरि सन् २०२४ डिसेम्बर ३१ को बिहानसम्ममा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार