मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’

Ujyalosandeshonline 11086+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक भएको बताएका छन् । 

बिहीबार मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले जननेता मदन भण्डारीको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरेपनि अझै सत्यतत्य आउन नसकेको बताए । 

तत्कालीन समयमा भण्डारीको निधनले पार्टी पंक्तीमै निराशाले सताएको स्मरण गर्दै अध्यक्ष नेपालले भने, ‘घटनाको सन्दर्भमा सत्यतथ्य के हो अझै छानबिन गर्न बाँकी छ । तत्कालीन अवस्थामा पार्टीले तुरुन्त पहलकदमी लियो । त्यसपछि पद्मरत्न तुलाधरको नेतृत्वमा छानबिन कमिटी पनि बन्यो,’ उनले थपे,‘त्यो छानबिन कमिटीको मात्रै रिर्पोटले पुगेन भनेर पार्टीले स्वयं केपी ओलीको नेतृत्वमा छानबिन कमिटी बनायो । त्यो कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । त्यसैले यस सन्दर्भमा अझै गम्भीर खोजी गर्न आवश्यक छ ।’ 

अध्यक्ष नेपालले दुर्घटनाको अन्तिम साक्षी अमर लामाको समेत हत्या रहस्यम ढंगले भएको बताउँदै नेकपा एमालेले त्यसको सत्यतथ्य छानबिन गर्न सहयोग गर्नुपर्ने बेला आएको घुमाउरो पारामाउनले भने,‘दुर्घटनाको अन्तिम साक्षी अमर लामालाई यो बीचमा मारियो । कीर्तिपुरमा गइरहेको बेला गोली हानेर मारियो । त्यो पनि रहस्यमय छ । कुनै पार्टीसँग जोडिएका मान्छेले उनलाई मारेको भन्ने कुरा आएको छ । सम्बन्धित पार्टीले पनि के भएको हो भन्ने बारेमा छानबिनमा सहयोग गर्नुपर्ने आवश्यकता छ ।’

यस्तै, सम्मानित नेता झलनाथ खनालले मदन–आश्रीतको दुर्घटना नभएर षणयन्त्रपूर्ण हत्या भएको तर्क गरे । ‘हामी दुर्घटना, दुर्घटना, दुर्घटना मात्र भन्दै हिँडेका छौं । ३० वर्ष भयो तर यथार्थमा भन्ने हो भने त्यो हत्या हो ।’ उनले मदन–आश्रितको ३१ औं स्मृतिमा आफूले घटनाबारे सत्यतथ्य बताउने भन्दै थपे, ‘पाखा बाटोमा खनिएको बाटोमा मुग्लिनबाट नारायणघाटतिर गुडिरहेको गाडी भित्तातिरबाट हिँड्छ । त्यो गाडी कसरी दाहिनेतिर भएको खोलामा खस्छ ? षड्यन्त्रपूर्ण ढंगले गाडी खसाइएको हो । षड्यन्त्रपूर्वक रुपले मारिएको घटना हो । घटनाको प्रकृतिले त्यो कुरा पुष्टि गर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार