मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

एकता सभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो: संयोजक दाहाल

रासस 462+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

तुलसीपुर (दाङ)। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले सातवटै प्रदेशमा भइरहेका एकता सभा आत्मआलोचित हुने मञ्च पनि भएको बताउनुभएको छ । आज यहाँ लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभामा उहाँले विगतमा गरेका कम्जोरीलाई सच्याउँदै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहित पार्टीले सभा आयोजना गरिरहेको बताउनुभयो । “विकास निर्माणमा कहाँ चुक्यौँ, जनताका समस्या समाधान गर्न हामी कहाँ कमजोरी भए ? यस्ता कुराहरूको कमजोरी खोतल्ने, सच्याउने र आत्मालोचना गर्ने सभा पनि हो यो”, संयोजक दाहालले भन्नुभयो ।

मुलुकका भएका १५ वटा कम्युनिष्ट पार्टीबीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने सङ्कल्पका रूपमा पनि सभालाई आफूहरूले उपयोग गरिरहेको उहाँको भनाइ थियो । संयोजक दाहालले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीडित समुदायसँग सम्बन्धलाई दह्रो बनाएर अर्को लडाइँ लड्न पनि एकता आवश्यक भएको धारणा राख्नुभयो ।

संयोजक दाहालले भन्नुभयो,“यो एकता चुनाब जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि एकता भएको हो । अहिले जस्तो सङ्कट देशमा कहिल्यै थिएन । भदौ २४ गतेको विध्वंश हामीले देख्यौँ, त्यसले सार्वभौमसत्ता  सम्पन्न नागरिक र  राज्य संयन्त्र यति कमजोर भएको हो ? ती सबै विध्वंश जोगाउन नसक्ने अवस्थामा राज्य रहेको हो ? यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर हामी आफैँ बदलिएर जनताका निम्ति जस्तोसुकै बलिदानी गर्न सङ्कलन लिएर अगाडि आएका छौँ ।” सभामा सहसंयोजक माधवकुमार नेपाल, नेता बामदेव गौतम, भीम रावल, वर्षमान पुन, रेखा शर्मा, चिरण पुनलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार