मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मर्चवारी गाउँपालिकाको टीमद्वारा हस्तकलाकर्मीहरूको घरदैलो

जैसमोहम्मद खान 76+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

मर्चवार । स्थानीय परम्परागत हस्तकला र माटाका सामग्री निर्माणमा संलग्न समुदायको जीवनस्तर बुझ्ने र उनीहरूको सीपलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मर्चवारी गाउँपालिकाले एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरै, उपाध्यक्ष आशा सिंह, र प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीसहितको टोलीले ती समुदायका घर–घरमा पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेको हो।

यस क्रममा पालिका नेतृत्वले ती सिपालु हातहरूले गरिरहेको सिर्जनात्मक श्रम र उनीहरूको जीवनशैलीका बारेमा जानकारी लिएको थियो। परम्परागत सीप र कलालाई जिवन्त राख्दै आएका यी समुदायहरूलाई अध्यक्ष बरैले संस्कृतिको जरा सम्हालेका हातहरूको रूपमा प्रशंसा गरे ।

अन्तरक्रियाका क्रममा गाउँपालिकाका पदाधिकारीहरूले हस्तकलाकर्मीहरूको कामलाई स्वरोजगार र आत्मनिर्भर जीवनको आधार भएको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपमन्यु त्रिपाठीले यी समुदायहरूको सीप विकास, उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनमा सहयोग पुर्‍याउने ठोस योजनाहरू ल्याउने बताए ।

उनले  "स्थानीय स्रोत, सीप र श्रमकै बलमा आत्मनिर्भर गाउँ बनाउने हाम्रो साझा सपना साकार पार्नुपर्छ" भन्दै पालिकाको लक्ष्य दोहोराए । अन्तरक्रियामा उपस्थित हस्तकलाकर्मीहरूले पालिकाबाट यसरी प्रत्यक्ष भेटेर सहयोगको प्रतिबद्धता पाएपछि उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको अन्त्यमा गाउँपालिकाले “स्थानीय सीप — हाम्रो पहिचान, हाम्रो गर्व” भन्ने नाराका साथ स्थानीय सीप र कलालाई प्रवर्द्धन गर्ने अभियानलाई निरन्तरता दिने जानकारी दिएको छ। यो पहलले परम्परागत सीप र कलाको संरक्षण गर्दै स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार