मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

Ujyalosandeshonline 12431+ समाचार ( )
३ असार २०८१, आइतबार

काठमाडौं ।  बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन् । शुक्रबार साँझ बाराको रामराजा मोहनविक्रम साह बहुमखुी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो ।

संघको आह्वानमा आइतबार सामुदायिक क्याम्पसहरुले पठनपाठन ठप्प पारेका हुन् । संघले विज्ञप्तिमार्फत् दोषीलाई यथासिघ्र कानूनी कठघरामा ल्याउन माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् । र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कुशवाहाको शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार